धरान / लागुऔषध ओसार पसारमा सम्लग्न भएको आरोपमा प्रहरीले आइतबार धरान–८ स्थित नया“लाइनबाट २० बर्षीय नवीन नेपालीलाई पक्राउ गरेको छ ।
प्रहरीले उनकोसाथबाट स्पाज्मो प्रोक्सिभन प्लस ५५ क्याप्सुल बरामद गरेको जनाएको छ । इटहरीबाट धरान आइरहेको को ८ प ७७२ नम्बरको स्कुटरमा आएका नवीनलाई शंका लागेर प्रहरीले चेक जांज गर्दा पेन्टको गोजीमा लुकाएर राखेको अवस्थामा ती लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले नविनले प्रयोग गरेको स्कुटर पनि नियन्त्रण लिएको छ । आरोपित नवीनलाई थप अनुसन्धानकालागि इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।