धरान । प्रहरीले बालिका बलात्कार गरेको आरोपमा फरार रहेका पर्वतको पर्वतको कुस्मा नगरपालिका–१८ बस्ने २१ बर्षीय सरोज चपाईलाई पक्राउ गरेको छ ।

प्रहरीकाअनुसार सरोजले गत चैत २५ गते राती धरान बस्ने एक १४ बर्षीया बालिकालाई बलात्कार गरेका थिए । सरोजले धरान–१९ स्थित एनवी होटलमा लगी ती बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कार गरेलगतै तत्काल फरार रहेका सरोज विरुद्ध उजुरी परेको आधारमा उनलाई खोजी गर्नेक्रममा जेठ १८ गते धरान १९ चौकीबारीमा लुकेर बसेको बेला पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले सुनसरी जिल्ला अदालतमा म्याद थप गरि सरोजलाई हिरासतमा लिइ अनुसन्धान गरिरहेको जनाएको छ ।