धरान / धरान–१५ स्थित बगरकोटमा आज दिउसो छुरी प्रहारबाट एक युवा घाइते भएका छन् ।

धरान–१५ का २४ बर्षीय सन्देश राई छुरा प्रहारबाट घाइते भएको प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट लागेको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उनको उपचार भइरहेको प्रतिष्ठान प्रहरी पोष्टले जनाएको छ । उनको अवस्था समान्य रहेको छ ।

छुरा हान्ने सागर राइसहितकाे १२ जनाकाे समूहले अाक्रमण गरेकाे घाइते राईले बताएका छन् । छुरा प्रहार गर्ने व्यक्तिलाइ प्रहरी खाेजी गरिरहेकाे छ ।