चतरा / सुनसरीको बराहक्षेत्र नगरपालिका –३ स्थित नहडामा गोरु काट्ने एक महिलासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार राती पौने १० बजेको समयमा ३४ वर्षीय मीना सेर्पाको घरमा बहर गोरु काटी भाग लगाउने क्रममा अस्थायी प्रहरी पोस्ट बाङगेबाट खटिएको प्रहरीको तीन जनालाइृ पक्राउ गरेको हो । पक्राउ पर्नेमा घरधनी मीना सेर्पा, स्थानीय २६ वर्षीय आसिक राई र ४७ वर्षीय किलक राईरहेको प्रहरीले जनाएको छ । उनीहरुको विषयमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।