धरान । सुनसरी जिल्ला अस्पताल अगाडिबाट चोरी भएको मोटरसाइकल सवारी धनीलाई प्रहरीले शुक्रबार बुझाएको छ ।
को ३५ प ७३५९ नम्बरको रातो कालो रङको डिस्कोभर मोटरसाइकल प्रहरीले फेला पारी सवारी धनीलाई बुझाएको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले बिहीबार इनरुवा नगरपालिका–५ बलाहस्थित नहरमा बेवारिसे छाडेको अवस्थामा फेला पारेको जनाएको छ । प्रहरीले सवारी धनी इनरुवा–७ का कलाम मियाँलाई बुझाएको हो । मोटरसाइकल जेठ १३ गते हराएको थियो ।