बिर्तामोड । यौन व्यवसाय सञ्चालन गरेको आरोपमा इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोडको नयाँ बसपार्कमा सञ्चालित एक होटलका सञ्चालकसहित ८ जनालाई नियन्त्रणमा लिएको छ ।
बिर्तामोडमा डिएसपी फेरिएसँगै होटलमा छापा मार्ने क्रम शुरु भएको छ । डिएसपी मोहन थापाले बसपार्कका होटलमा निगरानी बढाएको बताएका छन् । उनले बसपार्कको न्युलाइट होटलबाट सञ्चालक रतन तामाङसहित ६ जना युवा र २ युवतीलाई नियन्त्रणमा लिएको बताए । उनीहरुमाथि सार्वजनिक अपराधमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
यौन व्यवसाय सञ्चालन गरेको आरोपमा बिर्तामोडमा होटलका सञ्चालकसहित ८ जनालाई नियन्त्रण
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































