धरान । प्रहरीले धरान–१६ गणेशमान चोकका १९ वर्षीय राजेश खत्रीलाई लागूऔषधसहित पक्राउ गरेको छ ।
कोशी राजमार्ग अन्तर्गत धरान–८ तीनकुने चेकपोष्टमा चेकिङका क्रममा शुक्रबार साँझ उनी पक्राउ परेका हुन् ।
इटहरीबाट धरानतर्फ आइरहेको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा दुवै पाखुरा र बायाँ नलीखुट्टामा टेपले बाँधेर लागूऔषध ल्याएका खत्री पक्राउ परेका हुन् । उनको साथबाट डाइजेल्याव ११ एम्पुल, एभिल ११ एम्पुल, लुपिजेसिक ११ एम्पुल फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।