धरान ।  झापाको कमल गाउँपालिका–४ का ४० वर्षीय मानबहादुर विश्वकर्मा बलात्कार आरोपमा पक्राउ परेका छन् ।
धरान–८ की एक युवतीलाई बलात्कार गरेको अभियोगमा उनी पक्राउ परेका हुन् । युवती सुतेको कोठामा गई जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा घटनास्थल पुगेको प्रहरीले उनलाई त्यहीँबाट पक्राउ गरेको हो ।

उनलाई नियन्त्रणमा लिई घटनाको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।