धरान / धरान–८ स्थित एक महिलालाई बलात्कार गरेको आरोपमा एक युवक आज पक्राउ परेका छन् ।
विहान १० बजेको समयमा युवती डेराबस्ने कोठामा पुगी बलात्कार गरेको आरोपमा झापा कमल गाउँपालिका –४ का ४० बर्षीय मानबहादुर बिश्वकर्मालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
पिडित महिलाले जवरजस्ती करणीमा जाहेरी दिए पछि ततकाल ती युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सो घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुन्डीराज न्यौपानेले जानकारी दिए ।