बिर्तामोड । साइकल चोरेको अभियोगमा इलाका प्रहरी कार्यालय बिर्तामोडले तीन युवालाई पक्राउ गरेको छ ।

लामो समयदेखि शिवसतासी नगरपालिकाबाट साइकल चोरेर बिर्तामोड तथा कनकाई नगरपालिकामा ल्याई बिक्री गर्दै आएका तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले मोरङको तेतरियाका विकास पाण्डे, कन्काईका छत्र खड्का र सोही स्थानका गोपाल सुन्दासलाई चोरेको साइकल बिक्री गर्दै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।
उनीहरूमाथि चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको इप्रका अनारमनीका डिएसपी मोहन थापाले जानकारी दिए ।