भद्रपुर / लागूऔषध गाँजासहित सशस्त्र प्रहरीले एकजना बृद्धलाई पक्राउ गरेको छ । गण नम्बर २ झापाबाट सादा पोसाकमाा खटिएको प्रहरी टोलीले दमक २ का ६० वर्षीय बरताबहादुर राईलाई गाँजासहित पक्राउ गरेको सो कार्यालयले जनाएको छ ।
राईले गाँजा लिएर हिडिरहेको अवस्थामा स्थानीय उत्तम चोक भन्ने स्थानमा फेला पारिएको डिएसपी प्रदिपसिं कार्कीले बताए । राईकोे साथबाट एक केजी २ सय ६० ग्राम गाजा फेला पारिएको डिएसपी कार्कीले जानकारी दिए । घटना पछि आवश्यक कारबाहीका लागि गाजा र मानिसलाई प्रहरी चौकी बाघखोरमा वुझाइएको उनले जनाए ।