सुनसरी / इटहरी २ शान्तिनगरमा रहेको दुर्गा मेडिकल हलबाट ठूलो मात्रामा लागूऔषध प्रहरीले बरामद गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय बिराटनगरले सुनसरीको देवानगञ्ज गाँउपालिका ७ बस्ने विकास थान्दारलाई लागुऔषधसहित पक्राउ गरेको छ । उनले सञ्चालन गरेको मेडिकलबाट नाईट्राभेट ३ हजार चक्की, लुप्रिजेसिक १ सय ९९ एम्पुल, फेरागन १ सय ९६ एम्पुल र डाईजेल्याव १ सय ९३ एम्पुल बरामद गरिएको इलाका प्रहरी कार्यालय इटहरलिे जानकारी दिएको छ ।
बरामद लागूऔषधसहित मेडिकल सञ्चालक थान्दारलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ ।