इनरुवा / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा ९ गते वृद्धा हत्याको प्रयास गर्ने व्यक्ति पक्राउ परेका छन् ।
प्रहरीले घटनामा संलग्न रहेको पाइए पछी सोही गाउँपालिकाका २७ वर्षीय सकिल मियाँलाई पक्राउ गरेकोे हो । प्रहरीले सकिललाई नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।
भैंसी चराउदै गरेकी ७० वर्षीया दयारानी साहमाथि धारिलो हतियारले प्रहार भएको थियो ।
हतियार प्रहारबाट वृद्धा गम्भिर घाइते भएकी थिइन् । उनको अझैपनि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
ऋणको सावाँ र ब्याज तिर्न नसकेपछि नियतपूर्वक ज्यान मार्ने उद्येश्यले धारिलो हतियारले वृद्धामाथि प्रहार गरेको भनि सकिलले प्रहरी समक्ष बयान दिएका छन् । ज्यान मार्ने उद्योग मुद्दामा म्याद थप गरी सकिल उपर थप अनुसन्धान जारी रहेको सुनसरी प्रहरीले जनाएको छ ।