इटहरी / इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकार माथी भएको दुब्र्यवहारप्रति माफी मागेका छन । आज एक विज्ञप्ती जारी गदैं मेयर चौधरीले पत्रकारहरु सँग माफी मागेका हुन ।
प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रताको आफु पत्रकारहरुको पक्षमा रहेको भन्दै आगमी दिनमा हातमाहात मिलाएर अगाडी बढ्ने प्रतिबद्धतासहित लिखित माफी मागेका हुन । आफु ब्यस्त रहेको बेला पत्रकारहरुसँगको कुराकानीको क्रममा भएको गतिविधीबाट पुगेको चोटप्रति मेयर चौधरीले माफी मागेका हुन ।
विज्ञप्तिमा भनिएको छ–‘जनता पार्क निर्माणको लागि डिभिएम स्कुलका संचालकसँगको छलफल, घर नक्सा शाखाका प्राविधिहरुसँगको छलफल, वडा सचिवहरुलाई निर्देशनलगायत तनावपूर्ण काम व्यस्थ भएको बेला भएको कुराकानीका ेक्रममा पत्रकारहरुको भावनामा पुग्न भएको चोटप्रति दुःख व्यक्त गर्दछु । मेरो पत्रकार भित्रहरुको भावनामा चोट पु¥याउने कुनै मनसाय छैन र रहने पनि छैन् ।’
पत्रकार कृष्ण बहाव भट्टराई र विकल रेग्मीलाई दुब्र्यवहार गरेका थिए । गत ८ गते कर्मचारी र पत्रकारहरुलाई गरेको दुब्र्यवहारको विषयमा उपमेयरले मागेको माफीप्रति पत्रकारहरुले नमाने पछि मेयरले लिखित माफी मागेका हुन । पत्रकार महासंघले मेयर आफैले माफी माग्नु पर्ने भन्दै ४८ घण्टे अल्टिमेटम दिएको थियो । ४८ घण्टा अगावै मेयर चौधरीले माथि मागेका हुन ।