इटहरी  इटहरीका मेयर द्वारिकलाल चौधरी बिरुद्ध इटहरी उपमहानगरपालिका कर्मचारीहरु आन्दोलित भएका छन । कर्मचारीहरुलाई कुटपिट गर्नुको साथै अपराधिक गतिविधि गरेको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन । मेयर बिरुद्ध कर्मचारीहरुले अनिश्चितकालिनउ पमहानगरपालिका बन्दको घोषणा समेत गरेका छन ।

सब ओभरसियर राम खड्कालाई घुस लिएको भन्दै बुधबार अभद्र ब्यावहार गदै कार्यलय परिसरबाट निकाला गरेको र कार्यलयका नासु मनोज दाहाललाई कार्यलयको सिसि क्यामरा समेत अफ गरेर बुधबार नै अश्लिन गाली गदै निर्घात कुटपिट गरेको भन्दै‌ कर्मचारीहरुले विज्ञप्ती निकालेर विरोध गरेका छन । मेयरको कुटपिटबाट मनोज घाईते भएका छन । उनको आँखामुनी गम्भिर चोट लागेको छ ।

विना प्रमाण मेयरले कर्मचारीलाई अभद्र ब्यावहार गरेको भन्दै इटहरी उपमहानगरका कर्मचारीहरु आन्दोलनको घोषणा गरेको हुन । सेवाग्राहीको घर सम्पन्न गर्दा घुस लिएको गुनासो आएपछि मेयरले खड्कालाई गलहत्याउदै नगरपालिका गेट बाहिर निकालेका थिए । कर्मचारीले घुस खाए कानुनी कार्वाही गर्नुकाे साटाे कर्मचारीलाई अपमान गर्ने काम मेयरले गरेकाे उनीहरुकाे भनाई छ । 

मेयर चौधरीले पटक पटक यस्तो हर्कत गदै आएको भन्दै कर्मचारीलाई कामगर्ने वातावरण समेत नभएको भन्दै कर्मचारीहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन । बुधबारबाटै सवै वडा कार्यलयहरु अनिश्चितकालिनबन्द, ९ गते देखि सम्पूर्ण कर्मचारीहरु उपमहानगरको प्राङगनमा भेलाहुने कार्यक्रम तय भएको जनाएको छ ।

नाराबाजी सहित ५ मिनेट सडक बन्द समेत गराएकाथिए । इलाकाप्रहरी कार्यलय अगाडि भेलाभएर कर्मचारीहरुले कामगर्ने बातावरण नभएको आरोप लगाएकाहुन । लामो समय देखि कर्मचारीहरुलाई हेपाहप्रबृद्धि गरेको भन्दै इटहरीकाअधिकांस कर्मचारी रुष्ट बनेका छन । कर्मचारीहरुले मेयर बिरुद्ध मुर्दावादको नारा लगाएकाथिए ।

यता मेयर द्धारिकलाल चौधरीले भने आफुले कर्मचारीहरुलाई कुटपिट नगरेको बताएका छन । 'मैले कसैलाई कुटपिट गरेको छैन घुस खाएको भने पछि मैले खड्कालाई कार्यलय नआउनु भनेको छु ।'- उनले भने । 

यता घाइते भएका कर्मचारीहरु सहित इलाकाप्रहरी कार्यलय पुगेका कर्मचारीहरुले उजुरी दिए पनि प्रहरी उजुरी दर्ता नगरेको आरोप लगाएका छन । 

पत्रकारलाई दुर्ब्यवहार
समाचार संकलनको लागि इटहरी उपमहानगरपालिका पुगेका पत्रकारहरुलाई इटहरीका मेयर द्धारिकलाल चौधरीले दुब्र्यवहार गरेका छन । पत्रकारद्धय विकल रेग्मी,कृष्ण वहाब भट्टराई लगायतको पत्रकारलाई दुब्र्यवहार गरेका हुन ।

समाचार संकलनमा मेयरको प्रतिक्रियालिन पुगेका पत्रकारहरुलाई गरेको दुब्र्यवहार प्रति नेपाल पत्रकार महासंघ सुनसरीले आपत्ती जनाएको छ । समाचार संकलनगर्न जादा गरेको ब्यवहारको भत्सना गरेका छन् ।

पत्रकार महासंघका अध्यक्ष अमर खड्काले पत्रकारहरुलाई गरेको दुर्ब्यवहारको भत्सना गरेका हुन ।  यस्तै नेपाल प्रेस यनियन सुनसरीले पनि विज्ञप्ती निकालेर पत्रकारहरुलाई गरेको ब्यवहार प्रति आपत्ती जनाएको छ ।