सातमेडी(मोरङ)/ बायोस्याण्ड फिल्टर ग्रामीण समुदायका नागरिकका लागि शुद्ध पिउने पानीको विकल्पको रूपमा विकसित भएको छ । नेपाल सरकारको अनुदान तथा साझेदारीमा निर्माण हुने खानेपानी आयोजना ग्रामीण समुदायमा स्थापना नभएका स्थानमा विकल्पका रूपमा बायोस्याण्ड फिल्टरलाई लिएको स्थानीय बासिन्दाले बताएका छन् ।
बायोस्याण्ड फिल्टर ग्रामीण समुदायमा मात्र नभएर खानेपानीका योजना पुगेका स्थानमा पनि लोकप्रिय बन्दै गएको छ । एक दशकअघि दक्षिणी मोरङको रतुवामाई नगरपालिका–१० स्थित मङ्गलबारे बजारमा रहेको सातमेडी बचत तथा ऋण सहकारी संस्था नामक एक सहकारीले सामाजिक उत्तरदायित्व तथा शेयर सदस्यहरूलाई शुद्ध पानी पिउने वातावरण निर्माणका लागि बायोस्याण्ड फिल्टर नामक कार्यक्रम शुरु गरेको थियो ।
सो संस्थाका व्यवस्थापक जीवन पोख्रेलले विकास निर्माणको क्षेत्रमा अत्यन्तै पछि परेको सातमेडीमा परम्परागत इनार तथा हातेपम्पबाट जमिनको सतहभन्दा १५ देखि २० फिट गहिराइबाट निकालिएको आइरन, आर्सेनिक, गन्ध, जीवाणुयुक्त र धमिलो पानी उपभोग गर्न बाध्य भइरहेको अवस्थामा बायोस्याण्ड फिल्टर कार्यक्रम सञ्चालन गरिएको बताए ।
सो संस्थाको लागानीमा सञ्चालन भएको सो कार्यक्रमले तत्कालीन इटहरा गाउ“ विकास समिति तथा हालको रतुवामाई नगरपालिका मात्र नभई मोरङसहित सुनसरी र झापाका विभिन्न स्थानहरूबाट बायोस्याण्ड फिल्टर माग आएका कारण मागअनुसार पु¥याउन कठिन भइरहेको बताए । प्रतिफिल्टर दुई हजार पाँच सय रुपैया“मा उपभोक्तालाई बिक्री गरिेने उक्त फिल्टर संस्थाले मासिक ३ हजार थान उत्पादन गर्दै आउनुका साथै स्थानीय आधा दर्जनलाई रोजगार दिएको छ ।
सिमेन्ट, बालुवाबाट निर्माण गरिएको उक्त फिल्टरमा इनार र हाते पम्पबाट निकालिएको पानी फिल्टर गरी उपभोग गर्दा शतप्रतिशत शुद्ध हुने व्यवस्थापक पोख्रेलले दाबी गरे । खानेपानी आयोजनाहरूले वितरण गरेको पानीलाई समेत बायोस्याण्ड फिल्टरमा लगाएर अझ शुद्ध बनाएर पिउने गरेको बताएका छन् । सेतो कपडा धुँदा पहेलो हुने समस्याले गर्दा अन्य रङको कपडा लगाउनु परेको यथार्थ सुनाउँदै स्थानीय टङ्कप्रसाद दाहालले हातेपम्पबाट निकालिएको पानीलाई उक्त फिल्टरमा लगाएर शुद्ध बनाएर कपडा धोएपछि मात्र सेतो र सफा कपडा लगाउन पाएको बताए ।
यसरी आइरनयुक्त पानीलाई बायोस्याण्ड फिल्टर माध्यमबाट सफा गरी अन्य कुनै विकल्प नभएको स्थानमा स्थापना गरी मानवीय सेवाको कार्य गरेको बताउँदै रतुवामाई नगरपालिकाका मेयर रविन राईले नगरका सबै बासिन्दालाई बायोस्याण्ड फिल्टरको पानी पिउन आग्रह गरे । साथै हाल केही केन्द्रीय आयोजनामा खानेपानी ल्याउने तयारीसमेत भइरहेको बताए ।
































