धनकुटा / धनकुटालाई राजधानी बनाउने प्रस्ताव फिर्ता लिई विराटनगरलाई मतदान गरेको भन्दै विहीवार धनकुटामा प्रदेश सभाका सांसदहरुलाई कालो झण्डा देखाएका छन ।
सम्वाद समुहको कार्यक्रमको लागी धनकुटामा आएको प्रदेश सभाका सांसदहरुलाई धनकुटा राजधानी बचाउ समिति र अभियान समितिले विहिवार धनकुटाको मदनचौक छेउ पत्रकार महासंघ अगाडी कालो झण्डा देखाएर विरोध गरेका हुन ।
उनीहरुले प्रदेश सभा सदस्यहरु इन्द्रमणी पराजुली, निरन राई, लिला सुब्बा, कुसुमकुमारी श्रेष्ठलाई कालो झण्डा देखाएका हुन् । सम्वाद समुहले धनकुटामा आयोजना गरेको कार्यक्रमकमा सहभागी सांसदहरुले केन्द्रिय पार्टीको ह्पिले गर्दा विराटनगरलाई मतदान गर्न बाध्य बनाएकोले अव धनकुटको विकास समृद्धीमा सक्रिय पूर्वक लाग्ने र धनकुटालाई बचाउन सक्रिय ढंगले लाग्ने प्रतिवद्धता जनाए ।