२. भौगोलिक आधार ः
प्रस्तावित एक नम्बर प्रदेशको क्षेत्रफल २५९०५ वर्ग किलोमिटर छ । जसमध्ये हिमाली जिल्लाहरुले ओगटेको क्षेत्रफल १०४३८ वर्ग किमि, पहाडी क्षेत्रले ओगटेको क्षेत्रफल १०७४९ वर्ग किमि र तराईका जिल्लाहरुले ओगटेको क्षेत्रफल ४७१८ वर्ग किमि रहेको छ ।
जनसङ्ख्याको हिसाबले यो क्षेत्रका तीन जिल्ला (ताप्लेजुङ, पाँचथर र तेह्रथुम) मा लिम्बू जातिको बाहुल्यता, चार जिल्ला (इलाम, भोजपुर, सोलु र खोटाङ) मा राई जातिको बाहुल्यता, चार जिल्ला (धनकुटा, सङ्खुवासभा, ओखलढुङ्गा र उदयपुर) मा क्षेत्री समुदायको बाहुल्यता तथा झापा र मोरङ दुई जिल्लामा ब्राह्मण समुदायको बाहुल्यता छ भने सुनसरीमा थारु जातिको बाहुल्यता छ । यद्यपि सबै जिल्लाको बसोबास मिश्रित छ भने कुनै पनि जिल्लामा कुनै पनि जाति वा समुदाय ५० प्रतिशतभन्दा बढी रहेका छैनन् ।
धनकुटा पूर्व क्षेत्रको बीचमा देखिन्छ । यो जिल्ला पूर्व क्षेत्रमा प्रस्तावित १४ जिल्लामध्ये सातवटा जिल्लाहरु (पाँचथर, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, उदयपुर, सुनसरी र मोरङ) को बीचमा रहेको छ भने बाँकी जिल्लाहरु धनकुटासँग सिमाना जोडिएका छन् । यस क्षेत्रमा हिमाली जिल्ला तीन, पहाडी जिल्ला आठ र तराई जिल्ला तीन रहेका छन् । उदयपुर भित्री मधेश र पहाडी भूभागको सम्मीश्रण हो, यद्यपि यो जिल्लामा पहाडी भूभाग अधिक छ । हिमाल, पहाड र तराईको मध्य भागमा रहेको पहाडी भूभागमा प्रशासनिक केन्द्र राख्दा यस क्षेत्रमा रहेको अत्यधिक पहाडी भूभाग र त्यहाँका बहुसङ्ख्यक समुदायको सम्बोधन हुन सक्दछ ।
धनकुटा अहिले पहिलेभन्दा सुगम छ । पूर्व–पश्चिम लोकमार्गबाट ७० किलोमिटर उत्तरमा पर्दछ । तराईका तीन जिल्ला र उदयपुरको धनकुटा आउने मुख्य नाका पूर्व–पश्चिम लोकमार्ग हो भने बाँकी जिल्लाका मानिस पहाडी सहज भूभागबाट धनकुटा आइपुग्ने आधारहरु तयार भइसकेका छन् । ताप्लेजुङ र पाँचथर जिल्ला तमोर कोरिडोर, मध्यपहाडी लोकमार्गबाट जोडिएका छन् भने इलाम राँके–रवि–भेडेटार सडकबाट जोडिएको छ । भोजपुर र खोटाङ मध्यपहाडी लोकमार्गबाट जोडिएका छन् । दूधकोशी नदीको पुल निर्माणपश्चात् सोलु र ओखलढुङ्गाबाट समेत पहाडी मार्गबाट धनकुटा आउन सकिन्छ ।
यस क्षेत्रका सबै नागरिकले हवाइ मार्ग प्रयोग गर्ने क्षमता राख्दैनन् । यसकारण हरेक नागरिकको पहुँच सडक मार्गको माध्यमबाट धनकुटामा स्थापित हुने आधार बनिसकेको हुँदा धनकुटा प्रादेशिक राजधानीको केन्द्र बन्न सक्दछ । हवाइ मार्गका लागि पनि हाल युद्धस्तरमा व्यापक तयारी भइरहेको छ । धनकुटाको हावापानीसमेत उपयुक्त छ । यहाँ समशितोष्ण प्रकारको हावापानी छ । यहाँ चिसोमा अत्यधिक चिसो पनि हुँदैन र गर्मीमा अत्यधिक गर्मीसमेत हुँदैन ।
३. सामरिक (सुरक्षा) आधार ः
धनकुटा प्रस्तावित प्रदेशको मध्य भागमा रहेको छ । यो शहर कुनै पनि वैदेशिक सिमानाभन्दा टाढा छ । प्राकृतिक प्रकोप वा जोखिम कम रहेको छ । यहाँ सुरक्षा निकायको समेत उपस्थिति भइरहेको हुँदा सामरिक किसिमले पनि धनकुटा उपयुक्त मानिएको छ ।
४. सामथ्र्य ः
धनकुटा पूर्वाञ्चलको केन्द्रको रुपमा रहेको हुँदा यहाँ भौतिक संरचनाहरु निर्माण भइसकेका छन् । जिल्लामा सरकारी जग्गा पर्याप्त छ । धनकुटालाई राजधानी बनाउने हो भने भौतिक निर्माणका लागि ठूलो खर्च जोगिन सक्दछ । हाल देखिएको सामथ्र्यका आधारहरु निम्नअनुसार छन् –
– पर्याप्त सरकारी जमीन ः धनकुटा नगरपालिकाभित्र नेपाल सरकारको नाममा रहेको खाली जग्गा १७,१५५ रोपनी, नेपाल ट्रष्टको १९४ रोपनी, कृषि अनुसन्धान केन्द्र पाख्रीवासको २०० हेक्टर ।
– पर्याप्त सरकारी कार्यालय तथा भवनहरु ः ६५०० रोपनीमा जम्मा ३९४ वटा सरकारी कार्यालयहरु छन् ।
– खानेपानी र विद्युत्को पर्याप्त सुविधा ।
– एयरपोर्ट निर्माणको सम्भावना ः धनकुटा नगरपालिका वडा नं. १४ मा सम्भाव्यता अध्ययन पूरा भएको अवस्था ।
– सडक यातायातको पहुँच ः पूर्वाञ्चलका सबै जिल्लासँग सडक सञ्जालले छोएको ।
– शैक्षिक संस्थाहरु तथा अनुसन्धान केन्द्र ः स्नातकोत्तर तहसम्म अध्यापन हुने धनकुटा बहुमुखी क्याम्पस, निजामती विद्यालय, पाख्रीवास कृषि अनुसन्धान केन्द्र, सुन्तला जात अनुसन्धान केन्द्र (पारी पात्ले), कृषि प्राविधिक शिक्षालय (उत्तरपानी) आदि ।
५. अन्य आधार ः
शहर वा मानव बस्ती विस्तार गर्दा कृषि उत्पादन कम हुने क्षेत्रलाई प्राथमिकता दिनुपर्दछ । यो क्षेत्रमा शहर बढाउने हो भने उद्योगधन्दाहरु पहाडी क्षेत्रतिर समेत निर्माण हुनेछन् । जनसङ्ख्या पहाडतर्पm केन्द्रित हुनेछ र पर्यटन प्रवद्र्धनसमेत हुनेछ । यदि तराई क्षेत्रमा बस्ती विकास वा विस्तार गर्दै जाने हो भने अझ बढी कृषियोग्य र उत्पादनशील क्षेत्रहरु मानव बस्तीमा रुपान्तरण हुनेछन् । जसले गर्दा मुलुकको कृषि उत्पादन तथा खाद्य सामग्रीमाथिको परनिर्भरता अझ बढ्दै जान सक्नेछ ।
सन्तुलित विकासको अवधारणालाई अघि सार्ने हो भने हिमाली र पहाडी क्षेत्रको बसाइँ सराइलाई रोक्नु अनिवार्य छ । बसाइँ सराइ रोक्ने आधार भनेको तत्तत् स्थानमा भौतिक सुविधाहरु उपलब्ध गराउनु हो । नेपालको हालसम्मको विकासले उपत्यकाबाहेक तराई भूभाग केन्द्रित विकासलाई बढावा दिएको देखिन्छ । फलस्वरुप, औद्योगिक विकास, सडक सञ्जाल, शैक्षिक संस्थाहरु, स्वास्थ्य केन्द्रहरु तराइ केन्द्रित हुन पुगे र जनघनत्वसमेत तराईमा बढी छ ।
पहाडी क्षेत्रको विकास गर्न पहाडी क्षेत्रको सडक सञ्जाल विस्तार गर्ने, शिक्षा, स्वास्थ्यलगायतका सेवाहरुमा वृद्धि गर्न अपरिहार्य छ । धनकुटा जिल्लालाई राजधानी बनाउने हो भने यो क्षेत्रले जनसङ्ख्याको खास हिस्सा पहाडी क्षेत्रमै रोक्न मद्दत गर्दछ । फलस्वरुप सन्तुलित विकासको आधार निर्माण हुन सक्दछ ।
धनकुटा केन्द्रित सडक सञ्जाल निर्माण गर्ने हो भने पहाडी क्षेत्रमा समेत साना शहरहरु स्वाभाविक रुपमा विकसित हुनेछन् जसले गर्दा पर्यटकीय विकासका आधारहरु अझ विकसित हुनेछन् । तराई क्षेत्र स्वाभाविक रुपमा बढोत्तरीमा गइरहेको अवस्था छ । धनकुटामा बन्ने योजनाहरुले पहाडी तथा हिमाली क्षेत्रको विकासका योजनाहरुलाई टेवा पुग्नेछ ।
अन्त्यमा,
धनकुटा जिल्ला पहिचान, भौगोलिक निकटता, भौगोलिक बनावट, समदुरी, हावापानी, भौतिक संरचनाहरु र विकासको सन्तुलनका दृष्टिले एक नम्बर प्रदेशका लागि उपयुक्त राजधानी बन्न सक्दछ । अरु जिल्लाहरुले धनकुटालाई केन्द्र मानेर अघि बढ्ने हो भने बाँकी पहाडी र हिमाली भूभागको विकासलाई समेत महत्वपूर्ण टेवा पुग्नेछ ।
यसर्थ, पूर्व क्षेत्रमा बसोबास गर्ने सबै जाति र समुदायको दीर्घकालीन हितका लागि सबैभन्दा उपयुक्त केन्द्र धनकुटा हुनेछ । धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउनका लागि अहिले हामीले सबै राजनैतिक दलका केन्द्रका प्रमुख तथा वरिष्ठ नेताहरु, छिमेकी जिल्लाका सबै दलका नेताहरु र सांसद्हरुसँग पनि अनुरोधका साथ छलफल गरिरहेका छौँ ।
(लेखक नेपाली काङ्ग्रेसका धनकुटा जिल्ला सचिव हुन् ।) धनकुटालाई प्रादेशिक राजधानी बनाउन सम्भावित आधारहरु
धनकुटा विगतदेखि नै पूर्वको केन्द्र भएको हुँदा प्रान्तीय संरचनापश्चात् यसलाई नै राजधानी बनाउने थप आधारहरु के हुन सक्छन् भन्ने यो बहसको मुख्य आशय हो । राजधानी निर्माणका लागि उपयुक्त आधारहरुको खोजी गर्ने र शान्तिपूर्ण तरिकाले आफ्ना रायहरु सरकार र छिमेकी जिल्लाहरुसमक्ष प्रस्तुत गर्ने यो लेखको मुख्य उद्देश्य हो ।
धनकुटालाई प्रादेशिक राजधानी बनाउन आवश्यक आधारहरु यस प्रकार छन् ः
१. ऐतिहासिक आधार ः
वि.सं. १८४० देखि धनकुटा पूर्व क्षेत्रको प्रशासकीय केन्द्रको रुपमा स्थापित भएको हो । शुरुमा धनकुटाबाट पूर्वका केही भाग शासित थियो भने वि.सं. १८८५ देखि यो ठाउँ पूर्वको प्रशासनिक पूर्ण केन्द्रको रुपमा रह्यो । यसैलाई निरन्तरता दिँदै राणाकालीन समयमा धनकुटामा बडाहाकिम कार्यालय रहन गयो । वि.सं. १९४२ देखि धनकुटामा पूर्वका तीन अड्डाहरुको अपील सुन्ने गरिन्थ्यो ।
नेपाललाई विकास क्षेत्रको अवधारणामा लगिएपश्चात् धनकुटालाई पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम घोषणा गरियो । धनकुटामा क्षेत्रीय कार्यालयहरु स्थापना गरिए । अहिले समेत धनकुटामा क्षेत्रीय स्तरका कार्यालयहरु यथावत् छन् र यसलाई केन्द्र स्वीकार गरिएको छ । धनकुटाको यो ऐतिहासिक पक्षलाई स्वीकार गरिनु उपयुक्त छ किनभने १६ जिल्लाको भूगोलको प्रशासनिक केन्द्र प्रस्तावित १४ जिल्लाको केन्द्र बन्नु झन् स्वाभाविक छ ।
२. भौगोलिक आधार ः
प्रस्तावित एक नम्बर प्रदेशको क्षेत्रफल २५९०५ वर्ग किलोमिटर छ । जसमध्ये हिमाली जिल्लाहरुले ओगटेको क्षेत्रफल १०४३८ वर्ग किमि, पहाडी क्षेत्रले ओगटेको क्षेत्रफल १०७४९ वर्ग किमि र तराईका जिल्लाहरुले ओगटेको क्षेत्रफल ४७१८ वर्ग किमि रहेको छ ।
जनसङ्ख्याको हिसाबले यो क्षेत्रका तीन जिल्ला (ताप्लेजुङ, पाँचथर र तेह्रथुम) मा लिम्बू जातिको बाहुल्यता, चार जिल्ला (इलाम, भोजपुर, सोलु र खोटाङ) मा राई जातिको बाहुल्यता, चार जिल्ला (धनकुटा, सङ्खुवासभा, ओखलढुङ्गा र उदयपुर) मा क्षेत्री समुदायको बाहुल्यता तथा झापा र मोरङ दुई जिल्लामा ब्राह्मण समुदायको बाहुल्यता छ भने सुनसरीमा थारु जातिको बाहुल्यता छ । यद्यपि सबै जिल्लाको बसोबास मिश्रित छ भने कुनै पनि जिल्लामा कुनै पनि जाति वा समुदाय ५० प्रतिशतभन्दा बढी रहेका छैनन् ।
धनकुटा पूर्व क्षेत्रको बीचमा देखिन्छ । यो जिल्ला पूर्व क्षेत्रमा प्रस्तावित १४ जिल्लामध्ये सातवटा जिल्लाहरु (पाँचथर, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, उदयपुर, सुनसरी र मोरङ) को बीचमा रहेको छ भने बाँकी जिल्लाहरु धनकुटासँग सिमाना जोडिएका छन् । यस क्षेत्रमा हिमाली जिल्ला तीन, पहाडी जिल्ला आठ र तराई जिल्ला तीन रहेका छन् । उदयपुर भित्री मधेश र पहाडी भूभागको सम्मीश्रण हो, यद्यपि यो जिल्लामा पहाडी भूभाग अधिक छ । हिमाल, पहाड र तराईको मध्य भागमा रहेको पहाडी भूभागमा प्रशासनिक केन्द्र राख्दा यस क्षेत्रमा रहेको अत्यधिक पहाडी भूभाग र त्यहाँका बहुसङ्ख्यक समुदायको सम्बोधन हुन सक्दछ ।
धनकुटा अहिले पहिलेभन्दा सुगम छ । पूर्व–पश्चिम लोकमार्गबाट ७० किलोमिटर उत्तरमा पर्दछ । तराईका तीन जिल्ला र उदयपुरको धनकुटा आउने मुख्य नाका पूर्व–पश्चिम लोकमार्ग हो भने बाँकी जिल्लाका मानिस पहाडी सहज भूभागबाट धनकुटा आइपुग्ने आधारहरु तयार भइसकेका छन् । ताप्लेजुङ र पाँचथर जिल्ला तमोर कोरिडोर, मध्यपहाडी लोकमार्गबाट जोडिएका छन् भने इलाम राँके–रवि–भेडेटार सडकबाट जोडिएको छ । भोजपुर र खोटाङ मध्यपहाडी लोकमार्गबाट जोडिएका छन् । दूधकोशी नदीको पुल निर्माणपश्चात् सोलु र ओखलढुङ्गाबाट समेत पहाडी मार्गबाट धनकुटा आउन सकिन्छ ।
यस क्षेत्रका सबै नागरिकले हवाइ मार्ग प्रयोग गर्ने क्षमता राख्दैनन् । यसकारण हरेक नागरिकको पहुँच सडक मार्गको माध्यमबाट धनकुटामा स्थापित हुने आधार बनिसकेको हुँदा धनकुटा प्रादेशिक राजधानीको केन्द्र बन्न सक्दछ । हवाइ मार्गका लागि पनि हाल युद्धस्तरमा व्यापक तयारी भइरहेको छ । धनकुटाको हावापानीसमेत उपयुक्त छ । यहाँ समशितोष्ण प्रकारको हावापानी छ । यहाँ चिसोमा अत्यधिक चिसो पनि हुँदैन र गर्मीमा अत्यधिक गर्मीसमेत हुँदैन ।
३. सामरिक (सुरक्षा) आधार ः
धनकुटा प्रस्तावित प्रदेशको मध्य भागमा रहेको छ । यो शहर कुनै पनि वैदेशिक सिमानाभन्दा टाढा छ । प्राकृतिक प्रकोप वा जोखिम कम रहेको छ । यहाँ सुरक्षा निकायको समेत उपस्थिति भइरहेको हुँदा सामरिक किसिमले पनि धनकुटा उपयुक्त मानिएको छ ।
४. सामथ्र्य ः
धनकुटा पूर्वाञ्चलको केन्द्रको रुपमा रहेको हुँदा यहाँ भौतिक संरचनाहरु निर्माण भइसकेका छन् । जिल्लामा सरकारी जग्गा पर्याप्त छ । धनकुटालाई राजधानी बनाउने हो भने भौतिक निर्माणका लागि ठूलो खर्च जोगिन सक्दछ । हाल देखिएको सामथ्र्यका आधारहरु निम्नअनुसार छन् –
– पर्याप्त सरकारी जमीन ः धनकुटा नगरपालिकाभित्र नेपाल सरकारको नाममा रहेको खाली जग्गा १७,१५५ रोपनी, नेपाल ट्रष्टको १९४ रोपनी, कृषि अनुसन्धान केन्द्र पाख्रीवासको २०० हेक्टर ।
– पर्याप्त सरकारी कार्यालय तथा भवनहरु ः ६५०० रोपनीमा जम्मा ३९४ वटा सरकारी कार्यालयहरु छन् ।
– खानेपानी र विद्युत्को पर्याप्त सुविधा ।
– एयरपोर्ट निर्माणको सम्भावना ः धनकुटा नगरपालिका वडा नं. १४ मा सम्भाव्यता अध्ययन पूरा भएको अवस्था ।
– सडक यातायातको पहुँच ः पूर्वाञ्चलका सबै जिल्लासँग सडक सञ्जालले छोएको ।
– शैक्षिक संस्थाहरु तथा अनुसन्धान केन्द्र ः स्नातकोत्तर तहसम्म अध्यापन हुने धनकुटा बहुमुखी क्याम्पस, निजामती विद्यालय, पाख्रीवास कृषि अनुसन्धान केन्द्र, सुन्तला जात अनुसन्धान केन्द्र (पारी पात्ले), कृषि प्राविधिक शिक्षालय (उत्तरपानी) आदि ।
५. अन्य आधार ः
शहर वा मानव बस्ती विस्तार गर्दा कृषि उत्पादन कम हुने क्षेत्रलाई प्राथमिकता दिनुपर्दछ । यो क्षेत्रमा शहर बढाउने हो भने उद्योगधन्दाहरु पहाडी क्षेत्रतिर समेत निर्माण हुनेछन् । जनसङ्ख्या पहाडतर्पm केन्द्रित हुनेछ र पर्यटन प्रवद्र्धनसमेत हुनेछ । यदि तराई क्षेत्रमा बस्ती विकास वा विस्तार गर्दै जाने हो भने अझ बढी कृषियोग्य र उत्पादनशील क्षेत्रहरु मानव बस्तीमा रुपान्तरण हुनेछन् । जसले गर्दा मुलुकको कृषि उत्पादन तथा खाद्य सामग्रीमाथिको परनिर्भरता अझ बढ्दै जान सक्नेछ ।
सन्तुलित विकासको अवधारणालाई अघि सार्ने हो भने हिमाली र पहाडी क्षेत्रको बसाइँ सराइलाई रोक्नु अनिवार्य छ । बसाइँ सराइ रोक्ने आधार भनेको तत्तत् स्थानमा भौतिक सुविधाहरु उपलब्ध गराउनु हो । नेपालको हालसम्मको विकासले उपत्यकाबाहेक तराई भूभाग केन्द्रित विकासलाई बढावा दिएको देखिन्छ । फलस्वरुप, औद्योगिक विकास, सडक सञ्जाल, शैक्षिक संस्थाहरु, स्वास्थ्य केन्द्रहरु तराइ केन्द्रित हुन पुगे र जनघनत्वसमेत तराईमा बढी छ ।
पहाडी क्षेत्रको विकास गर्न पहाडी क्षेत्रको सडक सञ्जाल विस्तार गर्ने, शिक्षा, स्वास्थ्यलगायतका सेवाहरुमा वृद्धि गर्न अपरिहार्य छ । धनकुटा जिल्लालाई राजधानी बनाउने हो भने यो क्षेत्रले जनसङ्ख्याको खास हिस्सा पहाडी क्षेत्रमै रोक्न मद्दत गर्दछ । फलस्वरुप सन्तुलित विकासको आधार निर्माण हुन सक्दछ ।
धनकुटा केन्द्रित सडक सञ्जाल निर्माण गर्ने हो भने पहाडी क्षेत्रमा समेत साना शहरहरु स्वाभाविक रुपमा विकसित हुनेछन् जसले गर्दा पर्यटकीय विकासका आधारहरु अझ विकसित हुनेछन् । तराई क्षेत्र स्वाभाविक रुपमा बढोत्तरीमा गइरहेको अवस्था छ । धनकुटामा बन्ने योजनाहरुले पहाडी तथा हिमाली क्षेत्रको विकासका योजनाहरुलाई टेवा पुग्नेछ ।
अन्त्यमा,
धनकुटा जिल्ला पहिचान, भौगोलिक निकटता, भौगोलिक बनावट, समदुरी, हावापानी, भौतिक संरचनाहरु र विकासको सन्तुलनका दृष्टिले एक नम्बर प्रदेशका लागि उपयुक्त राजधानी बन्न सक्दछ । अरु जिल्लाहरुले धनकुटालाई केन्द्र मानेर अघि बढ्ने हो भने बाँकी पहाडी र हिमाली भूभागको विकासलाई समेत महत्वपूर्ण टेवा पुग्नेछ ।
यसर्थ, पूर्व क्षेत्रमा बसोबास गर्ने सबै जाति र समुदायको दीर्घकालीन हितका लागि सबैभन्दा उपयुक्त केन्द्र धनकुटा हुनेछ । धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउनका लागि अहिले हामीले सबै राजनैतिक दलका केन्द्रका प्रमुख तथा वरिष्ठ नेताहरु, छिमेकी जिल्लाका सबै दलका नेताहरु र सांसद्हरुसँग पनि अनुरोधका साथ छलफल गरिरहेका छौँ ।
(लेखक नेपाली काङ्ग्रेसका धनकुटा जिल्ला सचिव हुन् ।)
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।