सिरहा/ सिरहाका १७ ओटा स्थानीय तहमा वर्षेनी महिला हिंसा बढेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाको चालु आर्थिक वर्ष २०७५÷०७६ चैतसम्म जिल्लाका विभिन्न प्रहरी कार्यालयहरूमा ३ साय ९८ घरेलु हिंसा र ३ सय ४४ महिला हिंसासम्बन्धी उजूरी दर्ता भएका छन् ।
हिंसा नखुलाइए पनि अधिकांश हिंसाका घटना दाइजोसँग सम्बन्धित रहेको महिला अधिकारकर्मी बताए । त्यैसगरी जिल्ला भरीमा चालु आर्थिक वर्ष २०७५÷०७६ मा ३ जना महिलाको हत्या भएको छ । सिरहा जिल्लाको सिरहा नगरपालिका, मिर्चैया नगरपालिका, कल्याणपुर नगरपालिका गरी तीनवटै घटनामा माइती पक्षले हत्या भएको किटानी जाहेरी दिए ।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवम् डिएसपी माधवराज खरेलले बताए । यता मानव अधिकारका क्षेत्रमा कार्यरत इन्सेकको तथ्याङ्कअनुसार सन् २०१८ मा सिरहा जिल्लाका विभिन्न ठाउँमा ६ जना महिलाको हत्या भएको छ । दाइजोका कारण नै जना विवाहित महिला मानसिक तथा घरेलु हिंसाको सिकार बनेको इन्सेक प्रदेश २ का कार्यक्रम संयोजक जागेश्वर यादव बताए ।
































