काठमाडौं / उपेन्द्र यादव नेतृत्वको सत्तारूढ दल सङ्घीय समाजवादी फोरम र डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीबीच एकता प्रक्रिया शुरु भएको छ ।
तीन महिनायता एकताबारे छलफल भइरहेको पार्टि श्रोतले जनाएको छ । वैशाख २० र २१ गते बस्ने दुई दलको केन्द्रीय समिति बैठकले एकतामा जाने निर्णय गर्ने बताइएको छ । सम्भवत वैशाख २३ गते यी दुई दलबीच एकताको घोषणा हुने सम्भावना बढेको छ ।
अध्यक्ष को बन्ला
दुई दलबीच एकताका लागि तीन महिनायता पटक पटक वार्ता भइसकेको थियो । एकता भए पछि पार्टीको अध्यक्ष का ेहुने भन्ने विषयमा पनि छलफल भएको छ । दुई अध्यक्ष राख्ने विषयमा पनि कुरा भइरहेको छ । वरियतामा बाबुराम, उपेन्द्र र त्यस पछि तेश्रो बर्यादामा अशोक राई रहने श्रोतले बताएको छ ।
दुई पार्टीले पार्टीको बैचारिक सिद्धान्त र झण्डामा करिब कुरा मिलाइसकेको स्रोतले बताएको छ ।