धरान/ पूर्वको मेची पुलबाट शुरु भएको नेपाल सफाइ वर्ष २०७६ अभियान आइतबार धरान आइपुगेको छ ।
सफा नेपाल अभियानमा सहभागी बनौँ, सफल पारौं भन्ने नाराका साथ धरानेले पनि धरान सरसफाइ गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० लाई समेत प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित अभियानमा नेपाल रेयुकाई, स्थानीय सरकार, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय सङ्घ–संस्था, पत्रकार र नेपाल सफाइ अभियानकर्मीहरूले धरान नगर सरसफाइ गरेका थिए ।
‘आउनुहोस् सँगसँगै हातेमालो गरौं, हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ?’ नारासमेत तय गरिएको अभियानमा सहभागी सुमन श्रेष्ठले जानकारी दिए ।
अभियानका क्रममा अभियानका सदस्य भरत बस्नेतले स्वागत मन्तव्य राखेका थिए । धरान–२ का वडाध्यक्ष माधवगोविन्द लाखे, धरान जेसिजका अध्यक्ष मनिष शाही, धरान रेयुकाईका सल्लाहकार इन्दु श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
































