चतरा/ वराहक्षेत्रस्थित चतराधाममा लागि रहेको कुम्भ मेलाको अवसरमा श्री अर्चनाबाबा धामद्वारा आयोजित ८५ औं शिवसाधनाका क्रममा गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
स्थानीय औलिया माविका विद्यार्थीलाई श्री अर्चना बाबाधामले १० दर्जन अभ्यास पुस्तिका र कलम प्रदान गरेको हो । अर्चना बाबाधाम वराहक्षेत्रका सल्लाहकार महेश बज्राचार्यले शिव साधक भक्तहरूसँगै श्री पिण्डेश्वर अर्धनारीश्वरी अर्चना बाबा र आदि जगद्गुरु ओमबाबाको समुपस्थितिमा विद्यालयका प्रधानाध्यापक कमल भण्डारीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।
सल्लाहकार बज्राचार्यले अर्चनाबाबाधाम अध्यात्मिक उद्धारसँगै शैक्षिक उन्नयन र परोपकारी काममा लागिपरेको बताए ।
































