काँकडभिट्टा । नेपाली काङ्ग्रेसबाट वडासदस्यमा निर्वाचित एक सदस्यले दलित उत्थानको भवन निर्माणका लागि १० धुर जग्गा प्रदान गरेकी छन् । मेचीनगर नगरपालिका–५ की चन्द्रकला विश्वकर्माले जग्गा प्रदान गरेकी हुन् । वडानम्बर ५ ले भवनका लागि रकम छुट्याएको उनले आफूले जग्गा प्रदान गरेको बताइन् । उनले चालू आर्थिक वर्षमा दलित, आदिवासी, जनजातिका लागि ३ लाख रुपैयाँ रकम छुट्याएको बताइन् ।