सुनसरी, उदयपुर र सप्तरीको विचमा एउटा टापु बनेको छ । त्यो टापु सप्तकोशीको भङ्गालोले बनाएको हो । सप्तकोशीले जमिन बगाए पछि धेरै स्थानीयवासी त्यो टापुमा भएको जमिन खनजोत गरेर बसेका छन् । सप्तकोशी यति बेला निकै पूर्व आएको छ । त्यही भएर कोशीपारी सुनसरीको जमिन प्रयप्त छ । बारहक्षेत्र नगरपालिकाको हजारौ विगाह जमिन उक्त टापुमा पर्छ । पश्चिमबाट बग्दा सप्तकोशीबाट विस्थापितहरू श्रीलङ्का टापुको खाली जमिनमा खेती र पशुपालन गरी बस्दै आएका थिए । आफ्नो जमिन बगाएर विस्तापित भई खाली जमिन उपयोग गर्नु केहीको बाध्यता हो तर पछिल्लो समय त्यहाँका सरकारी जग्गा भूमाफियाहरुले किनबेच गर्दै हडप्नेहरुको संख्या बढेको छ ।

विभिन्न स्थानबाट माफियाहरु आएर पहिलेदेखि बसोबास गरेका स्थानीयहरुले उपयोग गर्दै आएको जमिन हड्प्नेहरुको संख्या बढे पछि स्थानीयहरु आन्दोलन मै उत्रिएका छन् । त्यस क्षेत्रमा ठूलो द्वन्द्वको सम्भावना प्रति राज्यले बेलैमा सचेतना अपनाउनु वाञ्छानिय हुने छ । पहिलो कुरा सरकारी जग्गाको उपयोग गर्न राज्यले कुनै नीति तथा कार्यक्रम नल्याउदा खाली भएको जग्गा माफियाहरुले ‘गिद्धेदृष्टि’ लगाए । एउटाउले चलखेल गरेको देखे पछि साह्रा माफियाहरु कमाउ धन्दामा लाग्ने अस्वभाविक मान्न सकिदैंन । संघीय सरकारसँग समन्वय गरेर स्थानीय सरकारले त्यसलाई कसरी उपभोग गर्ने भन्ने एउटा योजना नबनाउनु कमजोरी हो ।

उदयपुरका केही पार्र्टीका नेताहरुले स्थानीय तहका जनप्रतिनीधिहरुलाई प्रभावमा पारेर सुनसरीको जग्गा उपयोग गर्न अभियान शुरु गरेको समाचार बाहिर आएको छ । राम्रो उद्देश्यले त्यहाँको जग्गा उदयपुरका नेताहरुले कव्जा गरेको भए पनि त्यहाँको जग्गाकको उपभोग गर्ने पहिलो अधिकार बराह क्षेत्र नगरका बासिन्दाको हो । बराहक्षेत्रवासीको विरोधलाई अस्वभाविक मान्न हुदैंनन । बराह क्षेत्र नगरका प्रमुख निलम खनाल पनि आफ्नो पार्टी निकट भनेर प्रभावमा पर्नु विडम्बना हो । प्रमुख खनालले आफना क्षेत्रका जनताका लागि उक्त जग्गा उपभोग गर्ने बतावरण तयार गर्नु पर्दछ । पहुच, पावरका भरमा उदयपुरका जनतालाई हालिमुहाली गर्न दिदा बराहक्षेत्रका वासिन्दाका मन दुख्नु अस्वाभाविक होइन ।

नारायण कार्कीको समुहले करि २ सय ३० विगाहा सरकारी जग्गामा आखाँ लगाएर खनजोत गरिएको छ । त्यो समुहको स्वार्थका लागि मात्र हो । एउटा कमाउधन्दा मात्र हो । उनीहरुले कुनै प्रक्रिया पनि नमिलाई खनजोत गर्दा बराहक्षेत्रका पीडित बासिन्दाहरुलाई कुनै भलो छैन् । बराह क्षेत्रको झण्डै ३० प्रतिशत जनसंख्या घरबारविहीन छन् । कोशीले भएको जमिन बगाएर पीडित छन् । बरु यस्ता परिवारलाई त्यहाँको जमिन उपलब्द गराएर लालपूर्जा दिलाउन नगरप्रमुखको योगदान हुनु उनका लागि राजनीतिक भविष्य पनि उज्यालो हुनु हो । निर्वाचनका बेला ती नगरप्रमुखले बोकेका कुरा पनि हुन । पहुँचबाला नेताहरुले जग्गा ‘हडप्दा’ नगरप्रमुखले ‘मौन’ बसेर उनीहरुलाई धनी बनाउने होइन । आफ्ना क्षेत्रका नागरिकलाई धनी बनाउनु पर्दछ भन्ने कुरा बराहक्षेत्रका नगरप्रमुखले हेक्का राख्नु पर्दछ । आजैदेखि त्यहाँ भएको भूमाफियाहरुको चलखेल बन्द गरेर नगरवासीकालागि रोजगारमुलक तथा बसोवासयुक्त योजना ल्याउनु पर्दछ ।