धरान / मोरङको बेलबारी ४ की २६ बर्षीया रमिला राईको हराएको २७ दिनपछि आज अन्तिम संस्कार भएको छ । उनको बेतना सिमसार नजिकै देवीथान सामुदायिक वन क्षेत्र स्थित नीपैनीमा राईको संस्कार अनुसार भएको हो ।
बेलबारीका व्यवसायी योगेन्द्र गुरुङले हत्या गरि सप्तकोशीमा फालेको २६ दिन पछि बुधबार फेलापारी आज दाहसंस्कार गरिएको हो । उनको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज विहान पोष्टमार्टम गरिएको थियो ।
गत फागुन १७ गतेदेखि हराएकी रमिलाको खोजी गर्दा पनि नभेटिएपछि प्रहरीले योगेन्द्र गुरुङलाई पक्राउ गरेको थियो । पक्राउ परेका गुरुङले हत्या गरेर शव फालेको बताएका थिए । गुरुङ हाल थुनामा छन् ।