विराटनगर/ रेष्टुरेन्टको आवरणमा डर, त्रास देखाएर बालिका र किशोरीलाई जवरजस्ती अबैध रुपमा यौनधन्दामा लगाउने रेष्टुरेन्ट संचालिकासहित दुई जनालाई पूर्पक्षको लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।
विराटनगर–९ मा टिफिन रेष्टुरेन्ट संचालन गर्ने ३२ वर्षिय प्रिया भनिने पूर्णिमा श्रेष्ठ र सोही रेष्टुरेन्टमा काम गर्ने २६ वर्षीय कल्पना भनिने टिका चौधरी पूर्पक्षको लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको हो ।
जिल्ला अदालत विराटनगरका न्यायाधीश डिल्लीरत्न श्रेष्ठको एकल इजालसले उनीहरूलाई पूर्पक्षको लागि थुनामा राख्न बिहीबार आदेश दिएको अदालतको सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । उनीहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा ६७(१) ख बमोजिम थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशपछि श्रेष्ठ र चौधरी जिल्ला कारागार मोरङमा लगिएको छ ।
मानव बेचबिखन, जवरजस्ती करणी उद्योगमा मुद्दा
प्रहरीले जिल्ला सरकारी वकिलको कार्यलय मार्फत मंगलबार तीन जनालाई प्रतिवादी बनाएर अदालतमा मानव बेचबिखन तथा ओसार पसार, जवरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको थिए । एक जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । विराटनगर – ४ दुधफारम आयल निगमका २८ वर्षीय संजय श्रेष्ठलाई फरार प्रतिबादी बनाएका हुन् । फरार प्रतिवादी बनाएको श्रेष्ठले रेष्टुरेन्टमा आएर बालिका र किशोरीहरूलाई जर्वजस्ती करणी गर्ने गरेको अभियोग छ । श्रेष्ठ हाल फरार छन् ।
यसरी पक्राउ परेका थिए श्रेष्ठ र चौधरी
रेष्टुरेन्ट सञ्चालिका श्रेष्ठ र सोही होटलमा काम गर्ने चौधरीले जवरजस्ती डर, त्रास देखाएर यौन कार्यमा लगाएको अवस्थामा मोरङ प्रहरीले फागुन १७ गते पक्राउ गरेको थियो ।
विभिन्न जिल्लाहरूबाट रोजागरीको लागि काम खोज्दै आएका किशोरीहरूलाई रेष्टुरेन्टमा काममा लगाउने र होटलमा आएका ग्राहकहरूसँग मोटो रकम लिएर सञ्चालकले यौन धन्दामा लगाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । चौधरीले किशोरी ल्याइदिने र श्रेष्ठले जर्वजस्ती यौन धन्दामा लगाउने गरेको अभियोग पत्रमा उल्लेख छ । विभिन्न जिल्लाहरूबाट रोजगारीको सिलसिलामा आएका युवतीहरूलाई रेष्टुरेन्टमा आउने ग्राहकहरूसँग जवरजस्ती डरत्रास देखाई करकापमा पारी यौनसम्पर्क राख्न लगाउने गरेको थिए । रेष्टुरेन्टमा काम गर्ने किशोरीहरूको इच्छा विपरित रेष्टुरेन्ट सञ्चालिकाले विगत ४÷५ महिनादेखि होटलमा आएका ग्राहकहरूसँग यौनसम्पर्क गराउन लगाउने गरेको खुलेको हो । रेष्टुरेन्ट संचालिका एक जना किशोरीलाई यौन सम्र्पक गराए वापत ग्राहकसँग ४ हजारदेखि १० हजार रुपैयाँसम्म लिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।