बेलबारी / मोरङको सुन्दरहरैंचास्थित सुकुना क्याम्पसमा बुधवार दुई विद्यार्थी संगठनहरु बीच भएको झडपले गर्दा क्याम्पसमा तनाव बढेको छ । क्याम्पसमा तनाव बढे पछि कयम्पसको पठनपाठन बन्द भएको छ ।
झडपको क्रममा नेविसंघका चारजना विद्यार्थीहरु घाइते भएपछि घटनाका दोषीलाई कारवाहीको माग राख्दंै नेविसंघ प्रर्दशनमा उत्रिएको छ ।
अखिलका कार्यकर्ताहरुले नियोजित रुपमा विद्यार्थीहरुलाई आक्रमण गरेको भन्दै विहीवार विहान नेविसंघका कार्यकर्ताहरुले क्याम्पसमा प्रर्दशन गरे । विहान ८ बजे नेपाली काँग्रेस समर्थित महिला र विद्यार्थीहरुको जमातले नारावाजी गरेका थिए । घटनाका दोषीलाई प्रशासनले पक्राउ गर्न नसकेको भन्दै प्रहरीको आलोचना पनि गरे ।
तनाव बढे पछि बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको थियो । विहीबार प्रहरीसँंग पनि झडप भएको थियो । विरोधको कार्यक्रम थप चर्किदै गएपछि सुकुना क्याम्पस प्रहरीको पहरामा रहेको छ ।
क्याम्पसको मुलगेटमा कोणसभा गर्दै नेविसंघका नेताहरुले शान्तिपूर्ण आन्दोलन माथि भएको अखिलको आक्रमणको भत्र्सना गरे । नेविसंघ मोरङ क्षेत्र नं. ३ का सभापति होमनाथ पोखरेलले घटनाको भत्र्सना गदैं क्याम्पस प्रशासनले अखिलका विद्यार्थीलाई प्रयोग गरेको भन्दै चर्को विरोध गरे ।
क्याम्पस प्रमुख लक्ष्मीकुमार श्रेष्ठसहित क्याम्पसका १३ जना प्राध्यापकहरुले दोहोरो सुविधा लिइरहेको भन्दै नेपाल बिद्यार्थी संघले बुधवार देखि आन्दोलन शुरु गरेको थियो । सोही क्रममा अखिलका बिद्यार्थीहरु उनीहरु माथि जाईलाग्दा नेबिसंघ मोरङ क्षेत्र नम्बर ३ का क्षेत्रिय सभापति होमनाथ पोख्रेल सुकुना बहुमुखी क्याम्पसका सभापति बिजय तोलाङगी, सचिब समीर सम्राट, सदस्य जीवन बस्नेतलगायत घाइते भएका थिए । उता वुधवार साँझ क्याम्पसका प्राध्यापक केशव भट्टराई माथि पनि नेपाली काँग्रेसका नेतासहित आएको जमातले कुटपिट भएको बताएका छन् ।
यसै बीच क्याम्पसमा विद्यार्थीहरु बीच भएको घटनाको निकास खोज्न दुवै राजनैतिक दलका नेताहरु छलफलमा बसेको बताइएको छ ।