देउराली । केहि समय अगाडी ब्लाष्ट खबर डटकम र ब्लाष्ट राष्ट्रिय दैनिकमा समाचार आएपछि धरान–५ देउरालीस्थित सुन्दरबस्तीका फरक क्षमताका लक्ष्मीदास लिम्बूलाई सहयोग जुटेको छ । धरानको अपाङ्ग पुर्नस्थापना तथा असहाय सेवा केन्द्र–नेपालका निर्देशक सुनिल खड्काको सकृयतामा सहयोग जुटाई घर निर्माण गरि दिएका छन् । भुइ ढलाइ गरी फलामको ट्रस्ट हालेर टिनको बेरा र टिनकौ छाने हालेको दुई कोठे घर निमार्ण गरी मंगलबार अशक्त लिम्बूलाई हस्तान्तरण गरेको छ । यस अघि खड्काले अशक्त लिम्बूलाई ट्वाइलेट निर्माण गर्न सहयोग जुटाएका थिए । ब्लाटखबरबाट जानकारी पाएपछि अशक्त लिम्बूलाई हेर्न आउने गरेका थिए । उनको दहनिय अवस्था देखेर खाद्यन्न सहयोगदेखी ट्राइसाइकल हुदै ट्वाइलेट र घर निर्माण गर्न सफल भएको निर्देशक खड्काले बताए । घर तथा शौचालय गरि १ लाख ५० हजार खर्च भएको खड्काले बताएका छन् ।
































