धरान / सप्तरीको कञ्चनरुप नगरपालिका(१, बैरवास्थित कोशी टप्पु वन्यजन्तु आरक्षको जग्गा अतिक्रण गर्ने समुह र प्रहरीविच आज झडप भएको छ ।
त्रियुगा नदीको पूर्वपट्टि भएको झडप क्रममा भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाडी चार्ज तथा अश्रुग्यास समेत प्रहार गरेको थियो । करिब एक दर्जन व्यक्ति लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र विष्टले जानकारी दिए ।
खाली रहेको करिब एक हजार बिघा जग्गा अतिक्रमण गरी बस्ती बसाउने मनसायले आरक्षभित्र प्रवेश गरेका एक हजारभन्दा बढीको समूहलाई प्रहरीले सम्झाएर पठाउने प्रयास असफल भएपछि झडप भएको थियो । बाक्लोरुपमा नेपाल प्रहरी तथा सशस्त्र परिचालन गरिएको थियो ।
सोही क्रममा जग्गा अतिक्रमणको नेतृत्व गरेका मंगोल नेसनल अर्गनाइजेसनका केन्द्रीय सदस्य तथा प्रदेश १ का संयोजक शक्ति राईसहितका व्यक्तिलाई पक्राउ गरिएको एसपी विष्टले बताए।
जग्गा अतिक्रमण गर्न झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर, भोजपुर, चितवन, गोरखा र अधिकांश व्यक्ति मकवानपुरवाट आएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिएका छन् । अधिकांश व्यक्ति घर बनाउने सामग्री तथा परिवारसहित आएको बताइएको छ ।
मंगोलका केन्द्रीय सदस्य निदेश राईले घट्नाको पुष्टी गरे । तर संगठनको कुनै कार्यक्रम नभएको केही कार्यकर्ताहरु गउको हुन सक्ने बताए । प्रदेश संयोजक शक्तिलाई पक्राउ गरेको पनि उनल ेबताए ।
यस आरक्षणको जग्गा कव्जा गर्ने र चन्दा उठाउने मंगोलका ८ जना कार्यकर्ताहरुलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको थियो ।
मंगोल नेशनल अर्गनाइजेसनले शक्ति राई आफ्नो पार्टीको कार्यकर्ता नभएको विज्ञप्तिमार्फत् स्पष्ट पारेको छ । गत बैशाख ४ गतेका दिन नै उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको कुरा स्पष्ट पारेको छ । सोही दिनदेखि शक्तिलगायतले गर्ने गतिविधिहरूमा पार्टी संलग्न नहुने दाबी गरेको छ ।
निर्णयको विज्ञप्तिसहित