ओरियन्स ग्लोबल नेटवर्क मार्केटिङ नामक कम्पनीको इटहरीमा अवैधानिकरूपमा कार्यालय सञ्चालन गरी करोडौ रुपैयाँभन्दा बढीको ठगी गरेको आरोपमा इटहरी–८ का रोहित कोइरालालाई प्रहरीले पक्राउ गरेको छ । स्वास्थ्य सम्बन्धी उत्पादन भन्दै ठगी गरेर सर्वसाधारणसँग लाखौँ रुपैया लिने गरेको थियो ।
आफूहरूलाई पनि ठगी गरेको भन्दै इटहरी र झापाका ५ जनाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको इटहरीका प्रहरीले जनाएको छ । उनले ५ जनाबाट एक लाख ९५ हजारको दरले १७ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी परेको हो । कोइराला यस अघि पनि यही मुद्दामा झुम्का कारागारमा बसी घरौटीमा रिहा भएका थिए ।