भद्रपुर / सशस्त्र प्रहरीले चार लाख रुपैयाँ मूल्य बराबरको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल गण नम्बर २ झापाले मेचीनगर ६ स्थित बुट्टाबारीबाट मङ्गलबार सामान बरामद गरिएको सशस्त्रका डिएसपी ओजिस ओलीले जनाए ।
भारतबाट भन्सार छलेर नेपाल ल्याउदै गरेको कपडा,हाडवेयर, इलेक्ट्रोनिक्स लगायतका सामान बरामद गरिएको डिएसपी ओलीले जानकारी दिए । बरामद सामग्रीलाइ मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको उनले जनाए ।
सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































