सुनसरी/ इटहरी उप-महानगरपालिका-४ आर्मी क्याम्प अगाडीबाट प्रहरीले सोमबार लागूऔषध कारोबारमा संलग्न एक जना पक्राउ परेकाे छ ।

लागूऔषध कारोबारमा संलग्न रहेको भन्ने विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषधसहित मोरङ बवियाविर्ता-६ घर भई हाल इटहरी उप-महानगरपालिका-२ मा डेरा गरी बस्ने वर्ष ३१ को जितेन्द्र राजवंशीलाई पक्राउ परेका हुन् ।

राती ८ बजे राजवंशीको कोठामा खानतलासी गर्ने क्रममा लुकाई छिपाई राखेको प्रतिबन्धित लागूऔषध नाइट्रोसन ट्याब्लेट १ हजार ८ सय चक्की, Tricare-५ हजार ८ सय ५३ क्याप्सुल, स्वासपेन-८ सय ५० ट्याब्लेट, स्पास्मोप्रोक्सिभोन ट्याब्लेट-५ सय ८५ क्याप्सुल र CTZ-७४ ट्याव्लेट बरामद गरेको हो ।

बरामद लागूऔषधसहित पक्राउ परेका राजवंशीलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।