काठमाडाैं/  काठमाडौंकाे वीर अस्पतालमा वेवारिसे अवस्थामा वेलायती नागरिक फेला परेका छन् । उनीले आफुलाई आफ्नै देश फर्काइदिन आग्रह गर्दै आएका छन् । उनीको यो आग्रह सामाजिक संजालमा भाइरल भएको छ ।

उनी डाइविटिजको बिरामी हुन् । उनको ब्लड टेस्ट गर्दा हेपाटाइिटस 'सी' पोजेटिभ देखिएको छ ।  विदेशी नागरिकको आफन्त कोही नभएकाले उनीको उपचारमा समस्या भएको छ । सम्बन्धित  एम्बेसीले उनलाई सहयोग गरे उपचारमा सहज हुने डाक्टरले बताएका छन् ।