धरान । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित माथिल्लो चाकु जलविद्युत् आयोजनाको स्टोरमा सिलिण्डर विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ ।

निर्माणाधिन आयोजनाको ठेकेदार कम्पनीको सिआरसी क्याम्पको स्टोरमा सोमबार साँझ सिलिण्डर विस्फोट भई मृत्यु भएको प्रहरीले जनाएको छ । तर, स्थानीयले भने सुरुङ बम विस्फोट गराएको दाबी गरेका छन् ।

विस्फोटमा परी स्टोरकिपर हुम्लाका सन्दुप लामा, साइट इन्चार्ज दोलखाका भाइकाजी शेर्पा, ठेकेदार गोपाल शेर्पा र अर्का एक जना बेल्डिङ मिस्त्रीको ज्यान गएको डिएसपी माधव काफ्लेले जानकारी दिए । सिलिण्डर पड्किएको हुन सक्ने प्रहरीले जनाएको छ ।