मधुमल्ला/ आफुलाई जवर जस्ती करणी गर्न खोजेको भन्दै शुक्रबार जिल्ला प्रहरी कार्यालय ईलाममा उजुरी परेको छ ।

ईलामको दक्षिणी गाउँपालिका चुलाचुली – ६ तोरीबारी की १३ बर्षिया बालिका माथि यौन दुर्व्यवहार गरेको आरोपमा बालिकाका आफन्तले सोही ठाउँका १६ बर्षिय बिजय राना मगर बिरुद्य उजुरी दिएका हुन् ।

गोठमा बाख्राको खोर बन्द गर्न गएको बेला आफुलाई जबर्ज्स्ति करणी गरेको भन्दै बालिकाका अविभावकले मगर बिरुद्ध प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय ईलामका प्रहरी नायव उपरिक्षक माधव श्रेष्ठले बताए । श्रेष्ठका अनुसार मगरले बुधबार बेलुका आफुलाई जबरर्ज्स्ति करणी गर्न खोजेको भन्दै बालिकाका आफन्तले प्रहरीमा उजुरी दिएका हुन् । बालिकाको घर नजिकै चौतारामा बसीरहेका मगरले बालीका गोठ तिर लागेपछी बिजय पछी पछी आएको प्रहरीमा दिएको उजुरीमा भनिएको छ खोरमा पुगेर खोर बन्द गर्ने क्रममा यौन सम्पर्क गर्न भन्यो ।

सोहि क्रममा बालिकाले ईन्कार गरीन त्यस पच्सात मगरले जबरजस्ति बालिकाको कट्टु खोले र कुर्था समेत च्यतिदिए । चिच्याएर प्रतिकार गन खोज्दा बालिकाको मुख थुनि मगरले आफ्नो लिङ्ग मुखमा र सरिरका बिभिन्न भागमा दलेको थिए । चिच्याएर प्रतिकार गरी बालिका भागेर बलत्कारबाट बचेकोे पीडितकी फुपुले बताईन् । घटनापछि फरार रहेका मगरको अहिल खोजि कार्य तिब्र पारिएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

मुलुकी अपराध संहिताको अनुसार करणी गर्ने आसयले यौन सम्बन्धी अंग छोएमा, यौन जन्य अस्वभाविक व्यवहार गरेमा वाल यौन दुर्व्यवहार गरेको मानिने र वाल यौन दुर्व्यवहार गर्ने व्यक्तिलाई तिन बर्ष कैद र तीस हजार रुपैया सम्म जरिवाना हुने व्यवस्था रहेको छ ।