इटहरी । इटहरीमा एकै व्यक्तिले तीनजना बालिकालाई जवरजस्र्ती करणी गरेको आरोपमा पक्राउ परेका ५० बर्षीय देविबहादुर लिम्बुलाई आज म्याद थप गरि अनुसन्धान थालिएको छ ।
इटहरी ३ का लिम्बुले खानेकुराको प्रलोभन देखाइ सोही स्थानका तीन बालिकाहरुलाई जवरजस्र्ती करणी गरेको आरोपमा शनिबार पक्राउ परेका थिए । उनलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको थियो ।
स्थानीयले उनलाई नियन्त्रणमा लिने क्रममा भागेपछि प्रहरीको सहयोगमा पक्राउ गरिएको थियो । लिम्बुले एक बालिकालाई एक बर्षदेखिलगातार जवरजस्र्ती करणी गर्दै आएको बताइएको छ । अन्य दुई बालिकालाई पनि जवजस्र्ती करणीको प्रयास गरे पछि रहस्य खुलेको छ । पीडित बालिकाहरुका परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा लिम्ब बिरुद्ध किटानी जाहेरी दिए पछि उनलाई पक्राउ गरि म्याद थप गरिएको इन्स्पेक्टर बुद्धि चौलागाईले जानकारी दिए ।