संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिका-८ रातमाटेमा घरायसी विवाद हुँदा आफ्नै घरमा आगो लगाउने १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिवार राती पौने ९ बजे स्थानीय जिरे राईको घरमा आगलागी भएको जानकारी पाउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटि गई बुझ्ने क्रममा निजको छोरा सन्तोष राईले घरायसी विवादको कारण आफ्नै घरमा आगो लगाएको खुल्न आएपछी निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । आगलागीबाट राईको फुसको छानो भएको २ तले घर, घर भित्र रहेको सम्पूर्ण सामान जलेर जलेर नष्ट हुँदा अन्दाजी ४ लाख मूल्य बराबरको क्षति भएको छ । उक्त आगलागी प्रहरी र स्थानीयवासीको नियन्त्रणमा पूर्ण रुपमा नियन्त्रणमा लिईएको थियो भने कुनै पनी मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।