भोजपुर / भोजपुरको आमचोक गाउँपालिकाको दुम्मानामा ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएको छ ।

दुर्घटनामा आमचोक गाउँपालिका –४ बालंखा बस्ने २५ वर्षीय चालक भविन्द्र राईको मृत्यु भएको प्रहरीले जनाएको छ । महोत्तरी जिल्ला घर भएका सहचालक ४० वर्षीय हरि खत्री सकुसल छन् । आमचोक गाउँपालिका – १ बासिङका ४८ बर्षीय शंखर कार्की घाइते रहेको प्रहरीले जनाएको छ । कार्कीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको बालांखा माविका शिक्षक राजन विष्टले जानकारी दिए ।

शुक्रवार राति रानीबासबाट बालंखातर्फ आउँदै गरेको ना ५ त ९४३२ नम्वरको ट्याक्टर अनियन्त्रित भई दुम्मानाको कामीडाँडा भन्ने स्थानमा सडकबाट करिब ३ सय मिटर तल झरेको थियो ।

कसरी भयो दुर्घटना

ट्याक्टर रानीटारबाट चामल लिएर बालंखा आउदै थियो । चालकले रानीटारमा रक्सी पनि पिएको प्रत्यक्षदर्शीहरुले बताए । ६ बजे रानीटारबाट हिडेको ट्याक्टर दुंमाना पुगे पछि दुघट्ना भएको थियो ।

राती ८ बजे उकालो चढ्दैं गर्दा ट्याक्टर न्यूट्रोल अवस्थामा आएको थियो । तत्काल ‘वट’ लगाउन सहचालक खत्री भुइमा झरे । चालक गाडीमा ब्रेक लगाए रोक्न तिर लागेका थिए । तर चालकले कन्ट्रोल गर्न सकेनन् । नजिकै रहेका कार्कीलाईसमेत ट्रयाक्टरले पेलेर लगेको थियो । उनलाई ट्याक्टरले करि ढेड सय मिटर तल झारेको थियो ।

चालक ट्याक्टरसँग झरेकाले उनको घट्नास्थलमै मृत्यु भएको थियो । उनको हाट चुडिएको थियो । शरिरको अंग छ्यालव्याल भएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घाइते कार्कीको प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको दाहिने हात भाचिएको छ । शरिरका विभन्न भागमा गम्भीर चोट लागेको छ । हातमा स्टील लगाउनु पर्ने चिकित्सकले जनाएका छन् ।

बालबाल बचे –घाइते

म बेलटारबाट विशेष कामले आमचोक जादैं थिए । मेरो त्यस दिनको बास दुङमाना थियो । अचानक उक्त ट्याक्टर मेरो छेउमा आए पछि दुर्घटनामा प¥यो ।

डाइभरले व्याक गरेको भन्ने लाग्यो तर न्युट्रोल भएर पछाडी गएको रहेछ । ट्याक्टरले ढेड मिटर तल झा¥यो । माथिबाट अझै ट्रलि आउदैं गरेको जस्तो लाग्यो । ट्रलीबाट बच्न भित्तामा घोप्टो परेर जोतिएर बसे । त्यस बेलासम्म मेरो हात भाचिएको रहेछ । घोप्टो परेर सुत्दा अनुहार, छमती, आँखा र टाउकोमा चोट लाग्यो । ढेठ सय मिटर तल झ¥दा पनि म बाँचीरहेको पाए । खलासीलाई बोलाए तर कान सुन्दा रहेन छन् । मैले बोचाएको सुनेन ।

'वट' लगाउन बाहिर निष्केर उ बाचेको रहेछन् । माथिबाट टर्च बालेर रमित हेरिरहेका थिए । भिरालो जग्गा भएकाले दुर्घटनाको ठूदो आवाजले तत्कालै मानिसहरु भेला भए । मलाई उद्धार गरि स्वास्थय केन्द्रमा लगे सामान्य उपचार गरि धरान पठाइयो । राती १ बजे रानीटार पुगे पछि आफन्त परिवारसँग भेट भयो ।