उर्लाबारी / उर्लाबारीको मध्य बजारमा रहेको आश्रय मेडिकल हल र बद्री टेण्ड हाउसमा शुक्रवार राती चोरी भएको छ ।
उर्लाबारी–मधुमल्ला रोडको टाँडी बस स्टेण्डमा एकै घरमा रहेका मेडिकल हल र टेण्ड हाउसमा पछाडीको ढोका फुटाएर चोरी भएको हो । चोरीबाट मेडीकलको नगद र रिचार्ज गरी ७२ हजार वरावरको चोरी भएको संचालक संन्तोष घिमिरेले बताए । साथै सगै रहेको टेण्ड हाउसबाट नगद एक हजार दुई सय र महत्वपुर्ण कागजात चोरी भएको संचालकले बताएका छन ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रामप्रसाद तिमिल्सनाले चोरी गर्नेहरुको खोजी भइरहेको बताए ।