पाँचथर । पाँचथर प्रहरीले छुट्टाछुट्टै मुद्दामा दोषी ठहर भई फरार रहेका दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको फालेलुङ गाउँपालिका–५ का ३० वर्षीय सुवासचन्द्र केरुङ रहेका छन् । चोरी मुद्दामा जिल्ला अदालतले पाँच दिन कैद र ८७ हजार एक सय रुपैयाँ जरिवाना सुनाएका उनी लामो समयसम्म फरार रहेका थिए । उनलाई इलाम प्रहरीको सहयोगमा इलामको पशुपतिनगर बजारबाट पक्राउ गरिएको पाँचथर प्रहरी प्रवक्ता इन्स्पेक्टर अनिलकुमार पौडेलले बताए ।

पक्राउ गरी अदालत उपस्थित गराइएका उनलाई अदालतको आदेशअनुसार कैद भुक्तानका लागि कारागार चलान गरिएको पौडेलले बताए । त्यस्तै फिदिम नगरपालिका–४ का मनोज तावालाई पनि प्रहरीले पक्राउ गरेको छ । केही सार्वजनिक अपराध मुद्दामा तावालाई अदालतले पाँच हजार रुपैयाँ जरिवाना सुनाएको थियो । तावा भने तोकिएको जरिवाना तिरेर घर फर्किएको प्रहरीले जनाएको छ ।