धनकुटा / धनकुटा नगरपालिका–६ धर्मगंगा मन्दिर नजिकैवाट प्रहरीले विशेष सुराकीको आधारमा लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धनकुटा नगरपालिका–६ खाल्डे स्थायी घर भएका १९ बर्षीय जितवहादुर कार्की, २३ बर्षीय रविन कार्की र २४ बर्षीय सरोज भनिने सिंहराज कार्की रहेका छन् । प्रहरीले उनीहरुको साथवाट लागु औषधसमेत बरामद गरेको छ ।

धरान बस्दैं आएका सिंहराज काकीले धनकुटालगायत पूर्वी पहाडी जिल्लाहरुमा लागु औषध आयत गदैं आएको बताइएको छ । धनकुटामा आलुऔषधको डिलर नै हुन सक्ने प्रहरीले आसंका गरेको छ । उनीहरुको विषयमा म्याद थप गरेर आवश्याक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्स्पेक्टर सुरज खड्काले जानकारी दिए ।