बेलबारी  । तमु ह्यूल छाँेज धी गुरुङ राष्टिूय परिषद १ नम्वर प्रदेशद्धारा आयोजित तमु भाषा तथा लिपी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल तमु बुद्धिष्ट गुम्बा बेलबारीमा भएको प्रशिक्षण कार्यक्रममा पूर्वको ८ जिल्लाको करिव ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सहजीकरणका लागि प्रमुख प्रशिक्षकमा तमु लिपी अभियन्ता बुटवलका भिम तमु र सहायक प्रशिक्षकमा पोबिन्द्र तमु रहेका थिए । तमु जातिको भाषा तथा लिपीको विकास र संरक्षण गर्ने उद्धेश्यले आयोजित कार्यक्रमलाई नगरपरिषद बेलबारीले संयोजन गरेको गरेको थियो । कार्यक्रमका लागि बेलबारी नगरपालिकाले आर्थिक सहयोग गरेको थियो ।