जिरोर्पोइन्ट । “सवारी चलाउदा मादक पदार्थ सेवन नगरौ” भन्ने भनाई लिएर नेपालका लागि होन्डाको आधिकारीक बिक्रेता कम्पनि स्याकर ट्रेडिङ कम्पनिले “आई डियोड ईट सिजन २” को धरानको प्रतियोगिता सम्पन्न गरेको छ ।

धरानको युएन कलेजमा भएको उक्त आई डियोड ईट प्रतियोगितामा युएनका विद्यार्थीहरूले सहभागिता जनाएका थिए । विद्यार्थीहरूले स्पिन एण्ड वल्क नामक खेल खेलेका थिए । उक्त खेलमा सबैभन्दा छोटो समयमा दुरी पार गर्दै युएन कलेजकी सबिरा खड्गी विजयी बनेकी छन् । विजयी बन्दै उनले नगद रु.१० हजार प्राप्त गरेकी छन् । साथमा काठमाण्डौमा हुने फाईनल खेलको लागि धरानबाट छनौट भएकी छन् । काठमाण्डौमा हुने फाईनल खेलमा विजेता बन्नेले नगद रु.१ लाख प्राप्त गर्नेछ ।

मादक पदार्थ सेवन गरी सवारी चलाउदा दुर्घटना हुने सम्भावना बढि हुने भएकोले त्यससंग सम्बन्धित सचेतना जगाउन प्रतियोगिताको आयोजना गरीएको होण्डाको लागि धरान विक्रेता देव ट्रेडर्सका सञ्चालक देव कुवरले बताएका छन् ।

नेपालका विभिन्न ११ सहरहरूमा उक्त प्रतियोगिताको आयोजना भईरहेको छ । प्रतियोगितामा सहभागि भई विभिन्न चरणमा विजयि भएकाहरूलाई पुरस्कार समेत प्रदान गरीएको थियो ।

उक्त समयमा सामाजिक जिम्मेवारी स्वरुप धरान रनको नेवा च्यारेटि एजुकेसन फन्डका लागि २५ हजार रुपैयाँ समेत प्रदान गरीएको थियो । उक्त रकम देव ट्रेडर्सका सञ्चालक देव कुवरले धरान रनका अध्यक्ष रमु राईलाई प्रदान गरेका थिए । उक्त रकमले नेवा च्यारेटि एजुकेसन फन्डद्वारा अध्यन गरिरहेका विद्यार्थीहरूको सहयोगमा प्रयोग गरीने धरान रनका अध्यक्ष राईले बताएका छन् ।
यसका साथै धरान ६ पानबारीमा रहेको आसरा सुधार केन्द्रलाई पनि २५ हजार रूपैयाँ सहयोग रकम प्रदान गरीएको छ ।