उर्लाबारी । बालिकालाई बन्धक बनाएर बलात्कार गरेको गरेको आरोपमा मोरङको उर्लाबारी नगरपालिका–३ थापा चौकका २५ वर्षीय चन्द्रमणि आचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।
लेटाङ नगरपालिका घर भएकी १३ वर्षीय बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा आचार्यलाई मिक्लाजुङ गाउँपालिकाबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।
रेडियो कार्यक्रमबाट परिचय भएकी ति बालिकालार्इ ‘गिफ्ट’ ल्याइदिएको छु भन्दै प्नेलोभनमा पारेर कानेपोखरीमा बोलाएको र आफ्नो मोटरसाइकलमा राखेर आचार्यले बालिकालाई आफ्नै घरमा पु¥याएको प्रहरी निरीक्षक तिमल्सिनाले जानकारी दिए । घरमा लगेर बलात्कार गरेकाे पीडकले बयान दिएकाे प्रहरीले जनाएकाे छ ।