बलात्कारी सार्वजनिक
धरान/ जर्वजस्ती करणी उद्योगमा दुईजनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा धरान(२७ का ६९ वर्षीय गोरे घले गुरुङ र धरान(२ का ३९ वर्षीय भरत पन्त क्षेत्री छन् । गुरुङले स्कुल भेनमा कोही नभएको मौका पारेर स्थानीय ११ वर्षीया बच्चीलाई बलात्कारको प्रयास गरेका थिए । उक्त मुद्दालाई गाउँमै मिलाउनको लागि दवावसमेत दिएपछि प्रहरी तथा महिला सञ्जालको दवावमा मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाइएको थियो ।
उनलाई जर्वजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी कारबाहीको पक्रिया अघि बढाइएको डिएसपी ढकेन्द्रप्रसाद खतिवडाले जानकारी दिए ।
यस्तै बिहानको राति सुतिरहेको समयमा डेरा गरी बस्ने एक युवतिलाई बलात्कारको प्रयास गर्ने क्षेत्रीलाईसमेत मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अघि बढाएको हो । क्षेत्रीले जेठ २१ गते बिहानको राति जर्वजस्ती करणीको प्रयास गरेका थिए । उनीहरु दुबैलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको डिएसपी खतिवडाले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































