विजयपुर/सुत्केरी महिलालाई बलात्कार गर्ने धरान –१५का ३६ बर्षिय धनबहादुर दमाईलाई प्रहरीले पक्राउ गरेको छ । धरान –१५ की एक सुत्केरी महिलालाई हतियार देखाएर बलात्कार गरि फरार भएका दमाईलाई इलाका प्रहरी कार्यालय धरानले धरान १५कै श्याम चौक छेउबाट बिहिबार राती पक्राउ गरेको हो । दमाईलाई शुक्रबार नै जर्बजस्ति करणी ऐन अन्र्तगत मुद्धा दर्ता गरि अनुसन्धान थालीएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
बुधबार राती बलात्कृत भएकी महिलालाई रगतपच्छे भएको अबस्थामा अभियुक्त दमाईकै घरबाट छिमेकीले उद्धार गरेका थिए । पिडित महिलाको धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । बिहिबार उनलाई अस्पताल भर्ना गरिएपनि बिहिबार डिस्चार्ज गरिएको थियो । डिस्चार्ज पछि घरमा रहेकी पिडितले शुक्रबार साँझ आत्माहत्या गर्ने प्रयास गरेकी थिईन । पिडित महिलालाई फेरीपनि रक्तस्राब भएपछि पुनः अस्पताल भर्ना गरिएको छ महिला सञ्जाल धरानकी अध्यक्ष शिला बज्रचार्यले भनिन् ‘पिडित परिवार सँग उपचार खर्च समेत नभएकाले निशुल्क उपचारको ब्यबस्था मिलाएका छौ ।
पिडित महिलाका श्रीमान रिक्सा चालक हुन् । पिडित महिलाको उपचारमा अहिले सम्म आफुहरुले ब्यक्तिगत रुपमा आर्थिक सहयोग गरिरहेको बज्रचार्यले बताईन् । ‘घरमा खाने अन्न समेत भेटिएन,पिडितको खानपान र उपचारमा निकै समस्या भईरहेको छ’ सञ्जालकी अध्यक्ष बज्रचार्यले बताईन ।
यो पनि पढ्नु होस्