सुनसरी । सुनसरीको कोशी गाउँपालिका-३ मा आइतबार अर्नाले हानेर १ जना घाइते भएका छन् ।

बिहान साढे १० बजे आफ्नै बारीमा तोरी उखेल्ने क्रममा सोही स्थान बस्ने बर्ष ३५ को प्रदिप उरावलाई कोशीटप्पु बन्यजन्तु आरक्षणबाट निस्किएको अर्नाले हानेको थियो । अर्नाले हानेर घाइते भएका उरावलाई उपचारको लागि धरान स्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ ।