धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्राडा ।राजकुमार रौनियार बर्खास्त गर्न सिनेटले सिफारिस गरे पछि उपकुलपतिको कार्यकक्षमा ताला लगाइएको छ ।

आजको ४२ औं बिशेष सिनेट बैठकले उपकुलपति रौनियारलाई पदबाट हटाउने निर्णय गरेपछि प्रतिष्ठानकै कर्मचारीहरुले कार्यकक्षमा ताला लगाएको बताइएको छ । उपकुलपति रौनियारले महत्वपुर्ण कागजपत्र गायब बनाउनसक्ने आशंकामा ताला लगाइएको हो । उपकुलपतिको कार्यकक्षमा नियमितरुपमा लाग्ने तालामाथि अर्को ताला लगाइएको छ ।

रौनियारलाई बर्खास्तको सिफारिस भएको खवर आउने किर्मचारीले दिउँसो ताला लगाएका थिए । ‘रजिष्ट्रारबाट निर्देशनमा ‘महत्वपुर्ण कागजातहरु हराउला वा लैजाला भनेर ताला लगाइएको एक कर्मचारीले बताए । तर ताला वतिकै प्रतिष्ठानको कर्मचारी प्रशासनका कस्ले लगाएको भन्ने आधिकारीक जिम्मेवारी भने कसैले लिएका छैनन् ।

वीपीका अस्पताल निर्देशकमाथि पनि छानबिन हुने 

४२ औं आकस्मिक सिनेट बैठकले अस्पताल निर्देशक डा. गौरीशंकर साहको काम कारवाही प्रति पनि छलफल भएको बताइएको छ ।

केही बिषयमा छानबिन प्रतिवेदनमा गलत गरेको भन्ने उल्लेख गरेकोले बैठकले उनलाई पनि छानबिनको दायरामा ल्याउने निर्णय गरेको एक सिनेट सदस्यले बताए । तर, छानबिन समिति गठन गर्ने वा कार्यकारिणी समितिमार्फत छानबिन गर्ने भन्ने विधिको निर्णय भने नभएको उनले बताए ।
‘रेक्टर र रजिष्ट्रारको अधिकार खोसेर अस्पताल निर्देशकलाई जिम्मा दिइएको थियो । उक्त विषय पनि प्रतिबेदनमा उल्लेख गरिएको थियो ।
अस्पताल निर्देशक डा.साहलाई सम्पर्क गर्दा उनले पछि आफै फोन गरेर कुरा गर्ने बताए । उनले उपकुलपतिलाई बर्खास्तको स्वास्थय मन्त्रिको एकल निर्णय भएको बताएर अन्य विषयमा पछि कुरा गर्ने भन्दै फोन राखेका थिए ।