पथरीशनिश्चरे/ उत्तरपूर्वीमोरङको लेटाङस्थित जाँतेको पहिचानका लागि ठूलो आकारको ‘जाँतो’ निर्माण गरिने भएको छ ।
 
‘लेटाङको सान, जाँतेको पहिचान’ को मूल नाराका साथ लेटाङ नगरपालिका ९ जाँतेस्थित धार्मिकचौक दक्षिण इलाका वन कार्यालय पश्चिमको उत्तरदक्षिण सडकमा जाँतोको शिलान्यास गरिएको छ ।
 
परापूर्वकालको पिसानीको साधन ‘जाँतो’ स्थापनाका लागि प्रदेश नम्बर १ की उपसभामुख सरस्वती पोखरेल  र लेटाङ नगर उपप्रमुख कृष्णकुमारी पोखरेलले शनिबार शिलान्यास गरे ।
 
कार्यक्रममा बोल्दै उपसभामुख पोखरेलले पहिचानका कुरा खोजेर आफ्नो ठाउँको अस्तित्व र चिनारी बचाई राख्न लेटाङले थालेको यसखाले कदमलाई स्वागत गरिन् । जाँतो शिलान्यास कार्यक्रममा   विभिन्न जातीय साँस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो ।
 
जाँतोको निर्माणका लागि नगरपालिका कार्यालय सहितका सङ्घ संस्थाहरूको सहयोगमा १७ लाख ५० हजार रुपैयाँको लागतमा बन्ने नगर इञ्जिनियर भानु राईले बताए ।