भद्रपुर/ मादक पदार्थ सेवन गरी ७६ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका–५ का २३ वर्षीय कुमार लिम्बू रहेको झापा प्रहरीले जनाएको छ । लिम्बूले मापासे गरेर वृद्धालाई जवर्जस्ती करणी गरेको आरोप लागेको छ ।

वृद्धालाई करणीको प्रयास भएको उनका श्रीमान्ले देखेपछि तत्काल इलाका प्रहरी कार्यालय काँकडभिट्टालाई खबर गरेका थिए । श्रीमान्ले सीमा प्रहरी चौकी नकलबन्दामा उजुरी दिएपछि लिम्बूलाई बुधबार बेलुका पक्राउ गरिएको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।